भारतको बलरामपुरमा बसमा आगलागी, दुई नेपालीसहित तीनको मृत्यु

हिमाल प्रेस १६ मंसिर २०८२ १४:२३
8
SHARES
भारतको बलरामपुरमा बसमा आगलागी, दुई नेपालीसहित तीनको मृत्यु

काठमाडौँ- छिमेकी भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। त्यसमध्ये दुई जना नेपाली रहेको बताइएको छ। ‘स्थानीय प्रहरीले दुई जना नेपालीको मृत्यु भएको जानकारी हामीलाई पठाएको छ,’ भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा.सुरेन्द्र थापा हिमालप्रेसलाई टेलिफोनमा बताए।

सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको थियो। दिल्लीतर्फ गइरहेको बसलाई एक ट्रकले ठक्कर दिँदा बस रोडको साइडमा रहेको विद्युतिय ट्रान्सफर रहेको पोलमा ठोकिँदा आगलागि भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

भारत-नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी २२ एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए। त्यसमा २५जना घाइते भएका थिए। बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको जानकारी दिइएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार आगलागीमा परी घाइते भएकामध्ये सात जना जति अस्पताल भर्ना भएका छन्। उनीहरूको उपचार भइरहेको छ। सामान्य अवस्थामा रहेका २० जना फर्किसकेका जनाइएको छ।

आगलागीपछि बसभित्र फसेका यात्रु ज्यान बचाउन सिसा फुटाएर हामफालेका थिए। बाहिर निस्किएका यात्रुले प्रहरीलाई खबर गरेपछि फायर ब्रिगेडको टोली पुगेर थप उद्धारर गरको हुन। उनीहरूले फसेका यात्रुलाई उद्धार गर्न र आगो निभाउन सुरु गरे।

घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज लगिएको पनि जानकारी दिइएको छ।

 

प्रकाशित: १६ मंसिर २०८२ १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast