यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

हिमाल प्रेस २० मंसिर २०८२ १२:४३
6
SHARES
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ।

काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए।

पहिचानको आन्दोलन र लेखनमा दिइरहेको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ। नगद ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ। पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८२ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast