काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
टिजरमा विदेश जान लागेका छोरा र बुबाआमाको माया प्रस्तुत गरिएको छ। अभिनेता पल शाह छोराको भूमिकामा छन्। उनको बुबा प्रदीप रावत र आमा विपना थापा बनेका छन्।
पलले सिरानीमाथि पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप र विपना थापा रातभरि रोएर बसेको देखाइएको छ। छोराको बिदाई गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ। उनीहरु छोरा परदेसिन लागेको रात रोएरै कटाएका छन्।
प्रदीप, विपना र पलसहित फिल्ममा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बाल कलाकार समाइरा थापा र शान अधिकारीलगायत कलाकारको अभिनय छ।
आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको आगामी माघको १६ मा प्रदर्शन हुनेछ। निर्देशक पन्तकै कथा र पटकथा रहेको फिल्म अभिमन्यु निरवीले लेखेका हुन्। फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन्।
नवराज उप्रेतीले छायांकन गरेको फिल्म गम्भिर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी, कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत, साहिल खान र मिलन श्रेष्ठको सम्पादनमा बनेको छ।
फिल्म आर आर फिल्मस्का लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्नेछन्।
यस्ताे छ टिजर



