तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड : सकियो आठ मिटर दौड प्रतिस्पर्धा

हिमाल प्रेस १८ मंसिर २०८२ १९:२६
2
SHARE
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड :  सकियो आठ मिटर दौड प्रतिस्पर्धा

कोहलपुर- मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता २०८२ जारी छ। प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ।

कोहलपुर-११ स्थित न्युरोडको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा बिहीबारसम्म आधारभूत तहको आठ मिटर दौड प्रतियोगिता सम्पन्न भएको आयोजक प्याब्सन कोहलपुरले जनाएको छ। आधारभूत तह (१–८) सम्मको ८ सय मिटर दौडमा छात्रतर्फ ग्रीनपिस स्कुलले प्रथम स्थान हासिल गरेको छ। उक्त विधामा निम्बल एकेडेमी द्वितीय र बागेश्वरी एकेडेमीले तृतीय स्थान हासिल गरेका छन्।

छात्रातर्फ कोहलपुर पाठशालाले प्रथम स्थान हासिल गरेको छ। निम्बल एकेडेमी द्वितीय र गुरुकुल शिक्षा सदनले तृतीय स्थान हासिल गरेका छन्।

यस्तै माध्यमिक तह (९-१२) को ८ सय मिटर दौडमा छात्रतर्फ डायनामिक मावि प्रथम, सेन्चुरी एजुकेसन एकेडेमी द्वितीय र बालविद्या मावि तृतीय भएका छन्। छात्रातर्फ ग्रीनपिस स्कुल प्रथम, जीवन ज्योति स्कूल द्वितीय र एभरेष्ट सैनिक स्कुलले तृतीय स्थान हासिल गरेका छन्।

तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिताका सचिवालय संयोजक कुमार रावतका अनुसार मंसिर १९ गते माध्यमिक तह र आधारभूत तहको छात्रछात्रातर्फ एक सय मिटरको फाइनल खेल प्रतिस्पर्धा हुनेछ। यसै गरी आधारभूत तहको छात्रछात्रातर्फ ४ सय मिटर फाइनल खेल हुनेछ। माध्यमिक तह छात्रछात्रातर्फ १५ सय मिटर दौड र (चार इन्टु सय) रिले दौडको फाइनल, पूर्व प्राथमिक तहतर्फ चम्चा र कुर्सी दौडको फाइलन खेल हुने संयोजक रावतले बताए।

माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन्। यस्तै आधारभूत तह (१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी–३) तर्फ १२० जना गरी कुल ९६० जनाले सहभागिता जनाएका छन्। प्रतियोगितामा कुल १ हजार ८ सय ३८ जनाको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २० गते सकिनेछ।

प्रकाशित: १८ मंसिर २०८२ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast