‘अघिल्ला दुई सरकारले अनुसन्धान बजेटमा धोका दिए’

हिमाल प्रेस २३ मंसिर २०८२ ११:१० | Tuesday, December 9, 2025
40
SHARES
‘अघिल्ला दुई सरकारले अनुसन्धान बजेटमा धोका दिए’

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अघिल्लो दुई सरकारले अनुसन्धान तथा नवप्रवर्तनका लागि बजेट छुट्याउने भन्दै झुक्याएको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बाेल्दै विकास बजेटको १ प्रतिशत रकम नेपालका विश्वविद्यालय, अनुसन्धान संस्था र स्टार्टअपका लागि छुट्याइने भनी घोषणा गरिए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको बताए।

‘पहिलेका दुई वटा सरकारले १ प्रतिशत बजेट छुट्याउने भनेर नराम्रोसँग झुक्याए र धोका दिए,’ मन्त्री पुनले भने,‘म अहिले छोटो समयका लागि सरकारले जिम्मेवारी पाएको छु। हालको सरकारले बजेट बनाउन सक्दैन, तर प्रयास भने जारी छ।’

पुनले अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न उपायहरूको खोजी भइरहेको बताउँदै आफूले भनेको रकम राष्ट्रिय आविष्कार केन्द्रका लागि छुट्याउन माग गरिएको भन्ने आरोप निराधार भएको स्पष्ट गरे।

‘यो रकम मैले राष्ट्रिय आविष्कार केन्द्रका लागि मागेको होइन। यस्तो भ्रम नफैलाउन अनुरोध छ,’ मन्त्री पुनको भनाइ छ।

सरकारले आगामी आर्थिक वर्षदेखि अनुसन्धान र नवप्रवर्तन नीति प्रभावकारी बनाउन पहल गर्ने तयारी गरिरहेको पुनले बताए।

प्रकाशित: २३ मंसिर २०८२ ११:१० | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast