मेधाश्री विद्यालयको प्रस्तुतिमा नाटक ‘यशस्वी भव:’ मञ्चन

हिमाल प्रेस २४ मंसिर २०८२ ११:३० | Wednesday, December 10, 2025
56
SHARES
मेधाश्री विद्यालयको प्रस्तुतिमा नाटक ‘यशस्वी भव:’ मञ्चन

काठमाडौँ- थापागाउँस्थित कुञ्ज नाटकघर, शिल्पशालामा नाटक ‘यशस्वी भव:’ मंसिर २३ देखि मञ्चन भइरहेको छ। नाटक मेधाश्री विद्यालयको प्रस्तुतिमा बनेको हो।

नाटक लेखक तथा निर्देशक रंगकर्मी तथा नाटककार राम के.ए.सी.हुन्। नाटकको सह-निर्देशनमा किरण चापागाईं जोडिएका छन्।

नाटकमा तीन पुस्ताबीचको पुस्तान्तरण, जीवनशैली र भावनात्मक अन्तरसम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको निर्देशक के.ए.सी.ले बताए। अहिलेको समाजमा नैतिक शिक्षा, सामाजिक दायित्व र जिम्मेवारीप्रतिको चेतना क्रमशः क्षीण बन्दै गइरहेको यथार्थलाई मुख्य विषयवस्तु बनाइएको उनको भनाई छ।

नाटकमा कृषा बागदाश, शोभी तामाङ, प्रकृत खड्का, रियाज पराजुली, स्मारिका विश्वकर्मा, अव्यक्त राजवाहक, सदिक्षा तामाङ, कृतिका चौधरी, रियान बस्नेत, जयश्री खड्गी, अनुष्का निरौला, दिव्यांशा ताम्राकार र बिप्रीना शाहीले अभिनय गरेका छन्।

यही २८ मंसिरसम्म मञ्चन हुने नाटक प्रत्येक दिन बिहान ११ : ०० बजे र दिउँसो २ : ०० बजेको दुई सो हुनेछ। सद्भाव थिएटर नेपालको ‘शिक्षाका लागि रंगमञ्च’ अभियान अन्तर्गत मेधाश्री विद्यालयसँगको सहकार्यमा नाटक निर्माण गरिएको हो।

प्रकाशित: २४ मंसिर २०८२ ११:३० | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast