संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैन : यादव

हिमाल प्रेस ७ पुष २०८२ २१:३१ | Monday, December 22, 2025
32
SHARES
संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैन : यादव फाइल तस्बिर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएका छन्।

सोमबार सिरहाको गोलबजारमा दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरूको (डोटिम) परिसंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताए।

अध्यक्ष यादवले भने, ‘संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने छ। संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन्। त्यसैले हाम्रो आग्रह छ, फेरि समस्या नआउने गरी संविधानमा सुधारका काम गरौँ।’

डोटिम परिसंघका अध्यक्ष चन्देश्वर पासावानको अध्यक्षतामा भएको कार्यक्रमका अन्य वक्ताहरूले पनि परिवर्तनलाई थप संस्थागत गर्न मुलभूत समस्याको पहिचा गरेर समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ७ पुष २०८२ २१:३१ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast