देश अब अन्योलमा छैन : प्रचण्ड

हिमाल प्रेस १६ पुष २०८२ १६:०४ | Wednesday, December 31, 2025
22
SHARES
देश अब अन्योलमा छैन : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अब अन्योलको अवस्थाबाट बाहिर निस्किएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित एक कार्यक्रममा सरकार र प्रधानमन्त्री सुशीला कार्कीप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले निर्वाचन नै देशको निकास भएको धारणा स्थापित भएको बताए।

अब सबै राजनीतिक दल र आम नागरिक निर्वाचनको मानसिकतामा अगाडि बढ्ने वातावरण बनेको उनले बताए।

‘विगतमा निकै अप्ठ्यारो अवस्था थियो। विभिन्न चुनौती, जटिलता र समस्याहरूका बीच पनि निर्वाचन नै देशको निकास हो भन्ने दृढता सरकारले देखायो’, कार्यक्रममा प्रचण्डले भने, ‘त्यसले सबै राजनीतिक दल र जनतालाई निर्वाचनको दिशामा अघि बढ्न प्रेरित गरेको छ। त्यसका लागि सरकार र त्यसको नेतृत्व विशेष धन्यवाद।’

उनले राजनीतिक स्थिरता र निकासका लागि निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै अब देश क्रमशः सामान्य अवस्थामा फर्किँदै गएको बताए।

प्रकाशित: १६ पुष २०८२ १६:०४ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast