नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम मोरङ ६ बाट एकल सिफारिस भएको छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि कोइरालाको नाम एकल रूपमा सिफारिस भएको क्षेत्रीय सभापति देवराज लामाले जानकारी दिए।
कोइराला २०७९ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्माको नाम पनि एकल रुपमा सिफारिस भएको छ। पछिल्लो निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
प्रकाशित: २४ मंसिर २०८२ ८:५३ | Wednesday, December 10, 2025
प्रतिक्रिया





