हलमा लाग्यो रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’

हिमाल प्रेस १९ मंसिर २०८२ १०:३१ | Friday, December 5, 2025
24
SHARES
हलमा लाग्यो रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’

काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर’ आजदेखि नेपालमा पनि प्रदर्शन भएको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्म दर्शकले निकै अपेक्षा गरेको फिल्म हो।

आदित्य धरलृ निर्देशन गरेको फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। फिल्ममा रणवीरसँगै सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म जियो स्टुडियोको ब्यानरमा बनेको हो। यो संँगै हलमा ‘अभिमन्युः च्याप्टर वान’  ‘परान’ ‘हर्ष’, ‘जेरी अन टप’ र हिन्दीमा अर्को ‘तेरे इस्क मे’ प्रदर्शन भइरहेको छ।

 

प्रकाशित: १९ मंसिर २०८२ १०:३१ | Friday, December 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast