‘प्रवासी जीवन’ मा राजेश हमालको अभिनय, फागुन १५ मा प्रदर्शन

हिमाल प्रेस २४ मंसिर २०८२ १४:१९ | Wednesday, December 10, 2025
32
SHARES
‘प्रवासी जीवन’ मा राजेश हमालको अभिनय, फागुन १५ मा प्रदर्शन

काठमाडौँ- राजेश हमालको अभिनयमा फिल्म ‘प्रवासी जीवन’ बनेको छ। फिल्मको कथा अमेरिकामा संघर्षरत नेपालीको कथा प्रस्तुत गरिएको छ। फिल्म आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले उक्त जानकारी दिएका हुन्।

सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले फिल्मको विषयलाई संकेत गरेको छ।फिल्मका निर्देशक श्याम क्षेत्री र राम अधिकारी हुन्।

फिल्मको कथा प्रवासीहरूको सुख, दुःख, अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएको निर्देशक श्याम क्षेत्रीले बताए। उनले भने, ‘प्रवासमा पुग्ने सबैले फिल्ममा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ। हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर, मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गरिरहेका हुन्छौँ। फिल्ममा हामीले त्यही समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई देखाएका छौँ।’

फिल्मको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका हुन्। फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेका छन्।

फिल्ममा रविन आचार्यले लगानी गरेका छन्। यसअघि उनले ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’, ‘रोटन ब्लड’ जस्ता फिचर तथा छोटा फिल्म छायाङ्कन र निर्माण गरिसकेका छन्।

निर्माता आचायेले फिल्मलाई प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा भनेका छन्। ‘फिल्मको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो। फिल्मबाट हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने लागेको छ’, निर्माता आचार्यले भने।

अमृत बिसुवाले अमेरिकामा छायांकन गरेको फिल्म राम अधिकारीको सम्पादनमा बनेको छ।

प्रकाशित: २४ मंसिर २०८२ १४:१९ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast