शिक्षामा सुधारबिना समृद्धि सम्भव छैन : प्रचण्ड

हिमाल प्रेस १४ पुष २०८२ १२:१४
16
SHARES
शिक्षामा सुधारबिना समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन्।

बानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताएका हुन्।

शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने संयोजक प्रचण्डले बताए।

उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए।

संकटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उनको भनाइ थियो।

प्रकाशित: १४ पुष २०८२ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast