निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाएका छैनन् : चन्द्र ढकाल

हिमाल प्रेस १६ पुष २०८२ १६:२८ | Wednesday, December 31, 2025
28
SHARES
निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाएका छैनन् : चन्द्र ढकाल फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका हुन्।

गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढ्नु स्वाभाविक भएको उनको भनाइ छ। उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेसा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी नहुने उनले बताए।

उनले शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नु पर्ने भन्दै राजश्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक रहेको धारणा राखे।

बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार रहे पनि निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहने अवस्थामा नरहेका उनको भनाइ छ। उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन गरी लोकतन्त्र संस्थागत गर्न नसके र निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भै काम गर्न दिन नसके सफल हुन नसक्ने उल्लेख गरे।

प्रकाशित: १६ पुष २०८२ १६:२८ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast