प्रलोपाले सार्वजनिक गर्‍यो केन्द्रीय समिति सदस्यहरू (नामावलीसहित)

हिमाल प्रेस १५ मंसिर २०८२ ७:०४ | Monday, December 1, 2025
522
SHARES
प्रलोपाले सार्वजनिक गर्‍यो केन्द्रीय समिति सदस्यहरू (नामावलीसहित)

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले समावेशी प्रतिनिधित्व हुनेगरी १५१ केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक गरेको छ।

पार्टीका अनुसार जेनजी, मधेश, महिला, दलित, जनजाति, मुस्लिमलगायत सबै समुदायको प्रतिनिधित्व हुनेगरी केन्द्रीय संरचना तयार गरिएको हो।

संगठनलाई सबल बनाउने उद्देश्यसहित कार्यक्षेत्रमा सक्रिय रूपमा खटिनसक्ने व्यक्तिलाई प्राथमिकता दिँदै केन्द्रीय तहमा समावेश गरिएको प्रलोपाले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र निर्वाचन तयारीलाई तीव्रता दिन नयाँ सदस्य चयन गरिएको नेतृत्वले बताएको छ।

ओजश्वी भट्टराई, दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती र सुरेन्द्र प्रसाद जयसवाल भने प्रलोपाको अध्यक्ष परिषद्मा छन्। यहाँ पनि समावेशी प्रतिनिधित्व छ।

पार्टीले निकट भविष्यमा अन्य पदाधिकारी र विभागीय संरचना पनि सार्वजनिक गर्ने तयारी गरेको छ। अन्य वैकल्पिक शक्तिलाई पनि जोडेर निर्वाचनअघि महाधिवेशन हुने पार्टीका एकजना नेताले जानकारी दिए।

 

प्रकाशित: १५ मंसिर २०८२ ७:०४ | Monday, December 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast