क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

हिमाल प्रेस ११ पुष २०८२ १०:१० | Friday, December 26, 2025
20
SHARES
क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा जारी गरिएको शुभकामना सन्देशमार्फत उनले क्रान्तिकारी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएका हुन्।

मार्क्स, लेनिन र माओका विचारधारासँगै नेपाली क्रान्तिकारी आन्दोलनबाट प्राप्त अनुभवहरूको संश्लेषण गर्दै समाजवादी क्रान्तिको मार्गमा दृढतापूर्वक अघि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको प्रमुख कार्यभार भएको प्रचण्डले उल्लेख गरेका छन्।

उनले मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक तथा समाजवादी नेपालको लक्ष्य हासिल गर्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेका छन्।

प्रकाशित: ११ पुष २०८२ १०:१० | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast