बढ्यो पेट्रोलको मूल्य

हिमाल प्रेस २९ मंसिर २०८२ २१:०४
18
SHARES
बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएपछि निगमले मूल्य समायोजन गरेको हो।

निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाइएको हो।

पेट्रोलको मूल्य बढाइए पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

समायोजन गरिएको इन्धनको मूल्य सोमबार मध्यरातिबाट लागू हुने निगमले बताएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र बीरगञ्जमा पेट्रोल प्रतिलिटर १६०.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १३९.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४१ रुपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६३ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ निर्धारण भएको निगमले जनाएको छ।

 

प्रकाशित: २९ मंसिर २०८२ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast