‘परिवर्तन’ गीत ‘पाकेको चिउरी’ जर्सिङ पौवामा छायांकन

हिमाल प्रेस २२ मंसिर २०८२ १३:४८
26
SHARES
‘परिवर्तन’ गीत ‘पाकेको चिउरी’ जर्सिङ पौवामा छायांकन

काठमाडौँ- अहिले फिल्म ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ बोलको गीत जर्सिङ पौवामा छायांकन भइरहेको छ। भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली देखिएका छन्।

नृत्य निर्देशक रामजी लामिछानेको कोरियोग्राफीमा छायाकार शिव ढकालले भिडियो खिचिरहेका छन्। यसडी योगी र रेश्मा पुनको स्वर रहेको गीत मौसम अर्यालले लेखेका हुन्। गीतमा गायक योगीले नै संगीत भरेका छन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी माघ ९ देखि प्रदर्शन गर्ने टिमको तयारी छ। सुशील र अञ्जनासँगै फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारको अभिनय छ।

एक्सन-सस्पेन्स विधामा निर्माण भएको फिल्मका निर्देशक विजय केरूङ हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast