सीजीको घरायसी उपकरण खरिदमा टी–२० विश्वकप हेर्ने अवसर

हिमाल प्रेस ३ पुष २०८२ १८:४५ | Thursday, December 18, 2025
2
SHARE
सीजीको घरायसी उपकरण खरिदमा टी–२० विश्वकप हेर्ने अवसर

काठमाडौँ- नेपालको सीजी ब्रान्डले आगामी आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ।

‘अब पालो टी–२० वर्ल्डकपको’ भन्ने नाराका साथ सीजीले आफ्ना घरायसी समानको खरिदमा ‘सीजीको साथमा, वर्ल्डकप टिकट हातमा’ नामक अभियान सुरू गरेको हो।

यो योजनाअन्तर्गत ग्राहकहरूले सीजीका साना घरायसी सामग्री खरिद गरी बम्पर उपहारस्वरुप मुम्बईको भ्रमण र क्रिकेट खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्न सक्ने सीजीले जनाएको छ।

योजनाका भाग्यशाली विजेताहरूले पाँचदिने मुम्बई भ्रमण प्याकेज प्राप्त गर्नेछन्। सीजीले जनाएअनुसार प्याकेजमा दुईतर्फी हवाई टिकट र मुम्बई सहरको भ्रमण, तारे होटलमा बसाइ र खानपिनको सम्पूर्ण व्यवस्था, मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेल हेर्ने टिकट समावेश गरिएको छ।

योजनामा सहभागी हुन ग्राहकले सीजीको घरायसी उपकरण खरिद गरेपछि आवश्यक विवरण टाइप गरी ३१००३ मा पठाउनुपर्ने कम्पनीले जनाएको छ। विजेताहरूको छनोट लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ।

मंसिर २९ गतेदेखि देशभर सीमित अवधिका लागि लागु गरिएको यो योजनाले नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह जगाउने सीजीले विश्वास लिएको छ।

प्रकाशित: ३ पुष २०८२ १८:४५ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast