जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु, मृतकको सनाखत हुन बाँकी

हिमाल प्रेस ३ पुष २०८२ ९:४७ | Thursday, December 18, 2025
20
SHARES
जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु, मृतकको सनाखत हुन बाँकी फाइल तस्बिर।

काठमाडौँ- जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करबि ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुनसक्ने आशंका रहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत शनिबार मात्र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्ती आक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित: ३ पुष २०८२ ९:४७ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast