प्रदर्शनको ५१ औं दिनमा ‘परान’ ले बाड्यो अनाथ र असहायलाई न्यानो कपडा

हिमाल प्रेस ६ पुष २०८२ १३:२५ | Sunday, December 21, 2025
18
SHARES
प्रदर्शनको ५१ औं दिनमा ‘परान’ ले बाड्यो अनाथ र असहायलाई न्यानो कपडा

काठमाडौँ- फिल्म ‘परान’ ले हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। शनिबार देशभरका ३० बढी हलमा प्रदर्शनको ५१ औं दिन पुरा गरेको निर्माण टिमले जनाएको छ।

सोही अवसरमा टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा न्यानो कपडा वितरण गरेको छ। फिल्मका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा वृद्धवृद्धाका लागी न्यानो कपडा वितरण गरिएको हो।

निर्देशक दिपक प्रसाद आचार्यले ५१ दिनसम्म दर्शकको मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताए।

निर्माता रन्जित आचार्यले परानले ५१ दिनसम्म १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता रन्जित आचार्यले जानकारी दिए। यो सँगै ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म बनेको छ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

‘परान’ अझैपनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। ललितपुरको लबिम मल, उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँ बसपार्क, नयाँ बानेश्वरमा रहेको हलमा दर्शकको संख्या राम्रो रहेको टिमको दाबी छ। यस्तै, मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरीलगायत स्थानमा फिल्म चलिरहेको टिमले जनाएको छ।

प्रकाशित: ६ पुष २०८२ १३:२५ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast