शिक्षकलाई मासिक तलबको पुरानो परिपत्र ‘भाइरल’

हिमाल प्रेस २५ मंसिर २०८२ १४:३४
184
SHARES
शिक्षकलाई मासिक तलबको पुरानो परिपत्र ‘भाइरल’

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमा तलब दिन स्थानीय तहलाई सर्कुलर गरेको एक वर्ष अघिको परिपत्र सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ।

२०८१ मंसिर २० गते मन्त्रालयले मासिक रूपमा शिक्षकलाई तलब उपलब्ध गराउन नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको थियो। उक्त पत्र अहिले ‘भाइरल’ भएको हो।

शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो फेसबुक वालमा सेअर गर्ने, शिक्षा तथा शिक्षक सम्बन्धित फेसबुक ग्रुपहरूमा पोस्ट गरिरहेका छन्।

पत्रमा लेखिएको छ, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च. नं. १३८ मिति २०६१/०८/१७ को पत्र मार्फत शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा वाहेक शिक्षकले काम गरेवापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भै आएको हुँदा पत्रको छायाँप्रति यसै साथ संलग्न गरी आवस्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ।’

मन्त्रालयले गतवर्ष नै उक्त परिपत्र गरे पनि केही स्थानीय तहले मात्र शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब पठाएको शिक्षकहरू बताउँछन्।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको पत्र

यो पनि

शिक्षकलाई मासिक तलब दिन कति सम्भव?

प्रकाशित: २५ मंसिर २०८२ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast