निमाविको अध्यापन अनुमतिपत्र परीक्षा केन्द्र सार्वजनिक

हिमाल प्रेस १८ मंसिर २०८२ १०:२६
12
SHARES
निमाविको अध्यापन अनुमतिपत्र परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरी रोल नम्बर सहितको सूचना सार्वजनिक गरेको छ।

परीक्षा आउँदो शनिबार दिउँसो १:०० बजेदेखि देशभर सञ्चालन हुनेछ। आयोगको मंसिर ९ गतेको निर्णय बमोजिम विभिन्न जिल्लामा आवश्यकताअनुसार परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ।

केन्द्र तथा रोल नम्बरसम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np मा उपलब्ध गराइएको छ।

परीक्षासम्बन्धी थप जानकारी आवश्यक परेमा आयोगका ६६३७८७२/६६३७८७३ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

आयोगले उक्त तहको विज्ञापन गत असोज १२ मा प्रकाशित गरेको थियो।

प्रकाशित: १८ मंसिर २०८२ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast