काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट योग्य भएका ३४० जना अभिकर्ताहरु र विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो।
यसैगरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरियो।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम गरिँदै आएको र हालसम्म गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरुको सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट भएका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए।
उनले बाँकी प्रदेशहरुमा पनि पनि सिइओ क्लब सम्मान कार्यक्रमको तयारी भईसकेकोले सो प्रदेशहरुमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराए साथै उनले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाहरुबाट अभिकर्ताहरुलाई व्यवसायिक बनाउन मद्दत पुग्ने बताए।
कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरे। तालिमको क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेसा केवल व्यवसायसँग जोडिएको नभई सेवा भावसँग जोडिएको एक पवित्र पेसा भएको र यस पेसामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेसामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मुख्य आधार नै कामप्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए।
समारोहमा सहभागी अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेसामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउदा अत्यन्तै गर्व महसुस भएको बताए।



