भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी त्यतिबेलाका प्रधानमन्त्रीलाई जान्छ : रामकुमारी झाँक्री

हिमाल प्रेस २६ मंसिर २०८२ १२:४५ | Friday, December 12, 2025
22
SHARES
भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी त्यतिबेलाका प्रधानमन्त्रीलाई जान्छ : रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले गत भदौ २३ गतेको घटनाको प्रमुख राजनीतिक नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) मा जाने बताएकी छन्। उनले तर यी घटनाका लागि पूर्वप्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नुभएको बताएकी छन्।

‘भदौ २३ गतेको घटनाको प्रमुख राजनीतिक, नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीमा जान्छ। त्यसैले त उहाँले भदाै २४ मा राजीनामा दिनु भएको हो। तर यी घटनाका लागि पूर्वप्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो। संसद्जस्तो संवेदनशील स्थानमा अप्रत्याशित ढंगले उत्पन्न जोखिमको अवस्थामा भिडलाई नियन्त्रण गर्न सुरक्षामा तैनाथ सुरक्षा कर्मीले गोली चलाउँदा पुगेको क्षतिलाई लिएर तत्कालीन प्रमलाई हत्याको अभियोग लगाउने र मुद्दा चलाउने हो भने राज्यको वैधानिकता र कोएर्सिव–पावर कहाँ पुग्छ?,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

अझै पनि यस्ता आन्दोलन हुन सक्ने, अप्रिय घटना हुन सक्ने र त्यस्तो अवस्था निर्माण भयो भने अहिलेका प्रधानमन्त्री, गृहमन्त्री हत्या अभियोगका लागि तयार छन् भन्दै उनले प्रश्न गरेकी छन्। उनले थप लेखेकी छन्,‘फौजदारी अपराधको दायराभित्र यो पर्छ र? अब त के यो सरकार जस्तै कानुन पनि तत्काल आवश्यकताको सिद्धान्तकै नाममा मनपरी व्याख्या हुने अभ्यास गर्न खोजेको हो? पूर्व प्रमलाई हत्याको अभियोग लगाउने रोमाञ्चकारी कुरा ले एकै छिन रमझम देला, तर यस्ता कथ्यले नेपालको राज्य प्रणाली उठ्नै नसक्ने गरी थला पर्नेछ। राज्यसंयन्त्रको शक्ति, वैधता र विश्वसनीयता तीब्र गतिमा ओरालो लाग्नेछ। यस्तो बेला पार्टी भित्रका र बाहिरका सबै मान्छेहरूले यतातर्फ सोच्नु पर्दैन?’

प्रकाशित: २६ मंसिर २०८२ १२:४५ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast