काठमाडौँ- फिल्म ‘मिरमिरे’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने भएको छ। मध्य पूर्वका केही देशमा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको निर्माण टिमले जनाएको छ।
संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन, इजरायल र मलेसियामा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको निर्देशक यम शेर्पाले जानकारी दिए। यी देशमा आशिष इन्टरटेन्मेन्टले फिल्म वितरण गर्नेछ।
फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपुत मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकारमा शाइसा गौचन, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायतको अभिनय छ। फिल्म यही माघ १ देखि प्रदर्शन हुनेछ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्।
निर्देशक शेर्पाको यो दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘कार्साङ’ प्रदर्शन भएको थियो।



