बंगलादेशमा पढ्न चाहने विद्यार्थीका लागि मन्त्रालयले माग्यो आवेदन

हिमाल प्रेस १७ मंसिर २०८२ ११:१५
10
SHARES
बंगलादेशमा पढ्न चाहने विद्यार्थीका लागि मन्त्रालयले माग्यो आवेदन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखा, सानोठिमीले शैक्षिक सत्र २०२६ का लागि बंगलादेशमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि ८० प्रतिशत छात्रवृत्तिसहित चार सिट खुला गरेको छ।

परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित बंगलादेश दूतावासबाट प्राप्त पत्रका आधारमा बंगलादेश युनिभर्सिटी अफ प्रोफेशनल्समा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न विषयमा उपलब्ध सिटहरूको लागि दरखास्त आह्वान गरिएको हो।

उपलब्ध सिटमध्ये स्नातकोत्तर तहमा Disaster Management and Resilience र Mass Communication and Journalism मा एक–एक सिट र स्नातक तहमा कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ (Computer Science and Engineering) मा दुई सिट समावेश छन्।

छात्रवृत्तिका लागि न्यूनतम योग्यता तोकिएको छ। स्नातकोत्तर तहका आवेदकले स्नातक तहमा कम्तीमा ६० प्रतिशत वा सो सरह अंक प्राप्त गरेको हुनुपर्छ। साथै प्रकोप व्यवस्थापन तथा दिगोपनशीलता विषय अध्ययनका इच्छुकले त्रिवि अन्तर्गत पुल्चोक इन्जिनियरिङ संस्थानद्वारा लिइएको स्नातकोत्तर तह प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ। सामूहिक सञ्चार तथा पत्रकारिता सम्बन्धी छात्रवृत्तिका लागि भने सोही विषयको पछिल्लो स्नातकोत्तर तह प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण हुनु अनिवार्य छ।

त्यस्तै, स्नातक तहका लागि कक्षा १० र १२ मा न्यूनतम २.५ जीपीए वा सो सरह अंक प्राप्त गरेको हुनुपर्छ। साथै त्रिविअन्तर्गत पुल्चोक इन्जिनियरिङ संस्थानले २०८२ सालमा लिएको स्नातक तह प्रवेश परीक्षामा उत्तीर्ण भई प्राप्त अंकपत्र (स्कोरकार्ड) सहित आवेदन दिनुपर्नेछ। मन्त्रालयले तोकिएको योग्यता पुगेका विद्यार्थीहरूलाई समयमै दरखास्त दिन आग्रह गरेको छ।

प्रकाशित: १७ मंसिर २०८२ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast