महिला मन्त्री श्रेष्ठले राखिन् मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको बोर्ड

हिमाल प्रेस १४ पुष २०८२ ९:५० | Monday, December 29, 2025
18
SHARES
महिला मन्त्री श्रेष्ठले राखिन् मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको बोर्ड

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले दृष्टिविहीन तथा अन्य अपांगता भएका व्यक्तिलाई सहज, समावेशी र व्यवहारिक सेवा उपलब्ध गराउने उद्देश्यसहित मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको बोर्ड राखेकी छन्।

मन्त्री श्रेष्ठले मन्त्रालयको नामसमेत ब्रेल लिपिमा एम्बोस गरिएको बोर्ड राखिएको र आफ्नो भिजिटिङ कार्डमा पनि ब्रेल लिपि प्रयोग गरिएको जानकारी दिएकी छन्।

उनका अनुसार मन्त्रालयमा कार्यरत दृष्टिविहीन कर्मचारी निरा अधिकारीले ब्रेल लिपिसहितको बोर्ड प्रयोग गर्दा आफूजस्ता अन्य दृष्टिविहीन व्यक्तिलाई सेवा लिन धेरै सहज हुने प्रतिक्रिया दिएकी छन्।

मन्त्री श्रेष्ठले यो व्यवस्था क्रमशः अन्य निकाय तथा कार्यालयमा पनि कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाएकी छन्।

प्रकाशित: १४ पुष २०८२ ९:५० | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast