जर्सिङ पौवामा ‘मालती मंगले’ को गीत छायांकन, रोमान्टिक देखिए वर्षा र विजय

हिमाल प्रेस २२ मंसिर २०८२ १३:१७
20
SHARES
जर्सिङ पौवामा ‘मालती मंगले’ को गीत छायांकन, रोमान्टिक देखिए वर्षा र विजय

काठमाडौँ- जर्सिङ पौवामा यतिबेला फिल्म ‘मालती मंगले’ को गीतको छायांकन भइरहेको छ। ‘ढुंगा माथि लेउ’ बोलको गीतमा फिल्मका मुख्य कलाकार वर्षा राउत र विजय बरालले अभिनय गरिरहेका छन्। उनीहरूको रोमान्टिक नृत्यको केही तस्बिर बाहिरिएको छ। उनीहरू क्लासिक बलिउड लुकमा देखिएका छन्।

एसडी योगीले संगीत भरेको गीतमा रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर छ। गीत हर्क साउदले लेखेका हुन्। गीतको आधा छायांकन जर्सिङ पौवा र बाँकी इन्द्रावती नदीमा छायांकन गरिने फिल्मका निर्देशक प्रकु पाण्डेयले बताए।

रानी म्युजिक इन्टरनेसनलको ब्यानरमा बनेको फिल्ममा गायक रामकृष्ण ढकालले लगानी गरेका छन्।

विजय र वर्षासहित फिल्ममा मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुश्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: २२ मंसिर २०८२ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast