काठमाडौँ- सीजी इलेक्ट्रोनिक्सले आफ्नो साझेदार संस्था ‘क्लासी क्लिन’ सँगको सहकार्यमा ‘लान्ड्री लाउन्ज’ सञ्चालनमा ल्याएको छ। ललितपुरको भैंसेपाटीस्थित कार्यविनायकमा यो लाउन्ज स्थापना गरिएको हो।
‘पावर्ड बाइ एलजी’ नारासहित सञ्चालनमा आएको यो लाउन्ज एलजीको व्यवसायिक स्तरका वाशिङ मेसिन र ड्रायरहरूमा आधारित ‘लान्ड्रोम्याट’ अवधारणा हो।
सीजीको साझेदार क्लासी क्लिनद्वारा सञ्चालित लान्ड्रीमा कमर्सियल लान्ड्री प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ। यो प्रविधिले व्यवसायिक स्तरको वाशिङ र ड्राइङ सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ।
एलजीको मेसिनहरूले भरपर्दो सफाइ दिनुका साथै पानी र ऊर्जाको बचत गर्ने कम्पनीले जनाएको छ।
ग्राहकरूको सुविधालाई ध्यानमा राख्दै लाउन्ज हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। साथै ग्राहकहरूका लागि लुगा घरबाटै ल्याउने र पु¥याउने सुविधासमेत उपलब्ध गराइएको छ।



