ललितपुर कांग्रेसद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि ३१ नाम सिफारिस

हिमाल प्रेस २६ मंसिर २०८२ १२:०१ | Friday, December 12, 2025
164
SHARES
ललितपुर कांग्रेसद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि ३१ नाम सिफारिस

काठमाडौँ- नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहीबारको बैठकले ललितपुरका तीनवटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरूलाई सर्वसम्मत रूपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष कुमार केसीले जानकारी दिए।

प्रवक्ता केसीको भनाइमा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र धना खतिवडा, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा र बागमती प्रदेश सदस्य राजीव पौडेलको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ।

समानुपातिकतर्फ महासमिति सदस्यद्वय गीता सत्याल र मोदती केसी, महिला संघको केन्द्रीय सदस्य निरु खड्का, महाधिवेशन प्रतिनिधि राजेन्द्रराज पौडेलका साथै प्रमिला महर्जन र रेनु दुलालको नाम सिफारिस भएको प्रवक्ता केसीले जानकारी दिए।

क्षेत्र नं.३ बाट राष्ट्रियसभातर्फ महासमिति सदस्य प्रमोद शर्मा, राजेन्द्र बिडारी र बेली डंगोलको नाम सिफारिस भएको छ। त्यसैगरी ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको बैठकले दिवाकर नेपाल, बाबुराजा चित्रकार र ललिता खनियाको नाम सिफारिस गरेर पठाएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नं.२ का सभापति महेश खड्काले जानकारी दिए।

खड्काका अनुसार समानुपातिकतर्फ रुकु सापकोटा र शान्ति महर्जन, राष्ट्रियसभातर्फ सुधालाल मुल्मी, प्रेमलाल महर्जन र प्रकाश केसीको नाम सिफारिस भएको छ। ललितपुर क्षेत्र नं.१ को क्षेत्रीय कार्य समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य उदय शमशेर राणासहित पार्टीको बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, महासमिति सदस्यहरू मथुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे, बिमल चन्द्र बिष्ट, महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव रबिन्स शर्मा र महासमिति सदस्य सीता वाइवाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव मथुराप्रसाद शर्मा बजगाईँले जानकारी दिए।

यसैगरी, समानुपातिकतर्फ महासमिति सदस्यद्वय रामकृष्ण लामा (ईन्द्र)र रिजना तुलाधरलाई सिफारिस गरिएको सचिव बजगाईँले बताए। माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवम् महासमिति सदस्य कवेलबहादुर लामाको नाम सिफारिस भएको छ।

प्रकाशित: २६ मंसिर २०८२ १२:०१ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast