काठमाडौँ- दिगो विकासका लक्ष्यरू प्राप्त गर्ने उद्देश्यसहित कुमारी बैंक लिमिटेडले ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको छ।
दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै बैंकले यो योजना ल्याएको हो।
बैंकले जर्मन सिहयोग नियोग जीआईजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटलगायतका संस्थाहरूको व्यवस्थापन तथा प्रवद्र्धनमा सञ्चालित सस्टेनबेल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्तर्गत साझेदारी गर्दै योजना सञ्चालनमा ल्याएको जनाएको छ।
यस योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा संलग्न व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा आकर्षक व्याजदरमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ। साथै ऋणीहरूले भुक्तानी गर्नुपर्ने सुरुवाती रकममा परियोजनाबाट निर्धारण गरिएका अनुदानसमेत प्राप्त गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनलाई विद्युतीय बस वा माइक्रो बसमा रुपान्तरण गर्न कर्जा लिन चाहेमा पनि अतिरिक्त अनुदानको सुविधान उपलब्ध हुने बैंकले जनाएको छ।
यसका लागि ऋणीहरूले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्तामार्फत आवश्यक कागजातसहित कुमारी बैंकका शाखामा सम्पर्क गर्नुपर्नेछ।




