परदेश लागे खगेन्द्रप्रसाद र रुद्रकली

हिमाल प्रेस २ पुष २०८२ १९:०८ | Wednesday, December 17, 2025
42
SHARES
परदेश लागे खगेन्द्रप्रसाद र रुद्रकली

बुटवल- कतारलाई नेपाल सरकारले उपहार दिएको एक जोडी हात्तीलाई भैरहवाबाट औपचारिकरूपमा कतार पठाइएको छ। बुधबार चितवनबाट ल्याइएका हात्तीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर् राष्ट्रिय विमानस्थलबाट साँझ ५:२८ बजे कतार एयरवेजको कार्गो जहाजबाट पठाइएको हो।

खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका एक जोडी हात्ती कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटरमा कतार प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विनोद राउतले बताए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जिवि पोखरेलले नेपालस्थित कतारी राजदुतावासका उच्च अधिकारी खलिका अल मरीलाई जोडी हात्ती हस्तान्तरण गरेका हुन्। यी हात्ती भैरहवाबाट ४ घण्टामा कतार पुग्ने जनाइएको छ।

वन्यजन्तु कूटनीति : कुन देशलाई कति उपहार?

प्रकाशित: २ पुष २०८२ १९:०८ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast