हलमा लाग्यो कामेश्वर चौरासिया अभिनीत फिल्म ‘अभिमन्युः च्याप्टर १’

हिमाल प्रेस १८ मंसिर २०८२ ११:४४
10
SHARES
हलमा लाग्यो कामेश्वर चौरासिया अभिनीत फिल्म ‘अभिमन्युः च्याप्टर १’

काठमाडौँ- कलाकार कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्युः च्याप्टर १’ आजदेखि प्रदर्शन भएको छ। उँधौली पर्वको अवसरमा निर्माण टिमले फिल्म प्रदर्शन गरेका हुन्।

कामेश्वरसहित लक्ष्मी बर्देवाको मुख्य भूमिकामा रहेको फिल्म ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो उनको डेब्यु निर्देशकिय फिल्म हो।

मुकेश खनालको लेखन रहेको छ फिल्ममा निर्माता विनोद पौडेल र गुञ्जन गिरीले लगानी गरेका छन्।

कामेश्वर र लक्ष्मीसँगै फिल्ममा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ। अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन्। फिल्म हिन्दी भाषामा पनि प्रदर्शनमा आएको छ।

प्रकाशित: १८ मंसिर २०८२ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast