काठमाडौँ- दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले १७ करोड माथिको व्यापार गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले साेमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले यही मंसिर २७ सम्म १७ करोड ३९ लाख ४९ हजार पाँच सय एक रुपैयाँ कलेक्सन गरेको छ।
गत कात्तिक १४ देखि प्रदर्शनरत फिल्मले अहिले पनि राम्रै सो पाइरहेको छ। निर्माण टिम प्रदर्शनको ५१ दिन मनाउने तयारीमा छन्।
फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा प्रस्तुत गरेको छ। फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: २९ मंसिर २०८२ १४:२१ | Monday, December 15, 2025
प्रतिक्रिया




