‘जेरी अन टप’ ले मनायो प्रदर्शनको ५१ औं दिन

हिमाल प्रेस २१ मंसिर २०८२ १६:०२
24
SHARES
‘जेरी अन टप’ ले मनायो प्रदर्शनको ५१ औं दिन

काठमाडौँ- फिल्म ‘जेरी अन टप’ ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। गत असोज ३१ देखि प्रदर्शनरत फिल्मले शनिबार उपत्यकाका केही हलमा ५१ औं दिन मनाएको हो।

निर्माण टिमले शनिबार साँझ एफक्युब सिनेमाजमा एक कार्यक्रमको आयोजना पनि गरेको थियो। कार्यक्रममा फिल्मका कलाकार, निर्देशक तथा निर्मातालगायत उपस्थित थिए।

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी छन्। दर्शककै माया र साथले यो सफलता सम्भव भएको उनले बताए। ‘यो जेरी अन टपको मात्र नभएर समग्र नेपाली फिल्मकै उत्सव हो’, उनले भने,  ‘यो फिल्मको सफलतासँगै सामाजिक सञ्जालमार्फत दर्शकले अझै मेरो माग गर्नुभएको छ। आगामी दिनमा पनि राम्राे फिल्म लिएर आउनेछु।’

त्यस्तै अभिनेत्री जसिता गुरूङ र निर्देशक सुयोग गुरूङले पनि सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गरे।

फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले अहिलेसम्म १२ करोड २३ लाखभन्दा माथि व्यापार गरिसकेको छ।

अनन्या फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा अनमोल, जसिता र आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मले हलमा सो पाइरहेको छ।

प्रकाशित: २१ मंसिर २०८२ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast