जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

हिमाल प्रेस २६ मंसिर २०८२ २०:४९ | Friday, December 12, 2025
10
SHARES
जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ।

बोल्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो।

पहिलो संस्करणको विजेता जनकपुर जारी सिजनमा भने प्लेअफमा नपुग्दै खेलबाट बाहिरियो। जनकपुरका व्यवस्थापकीय निर्देशक उत्सव सिग्देलले मधेश प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गर्ने जानकारी दिए।

घोषणा कार्यक्रममा दोस्रो सिजनको एनपीएलमा मुख्य प्रशिक्षक रहेका शिवनाराइन चन्द्रपलको उपस्थिति थियो।

जनकपुरले प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८२ २०:४९ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast