विद्यालय पूर्वाधार निर्माणमा सक्रिय हुन स्थानीय तहलाई परिपत्र (सूची)

हिमाल प्रेस २४ मंसिर २०८२ १६:०८ | Wednesday, December 10, 2025
14
SHARES
विद्यालय पूर्वाधार निर्माणमा सक्रिय हुन स्थानीय तहलाई परिपत्र (सूची)

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ को विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत विद्यालय भौतिक पूर्वाधार निर्माण कार्यक्रम कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय सहभागी हुन निर्देशन दिएको छ।

केन्द्रको योजना तथा अनुगमन शाखाका निर्देशक निलकण्ठ ढकालद्वारा जारी सूचनामा, स्थानीय तहहरूले वित्तीय हस्तान्तरण प्राप्त गरेको कार्यक्रम र प्रदेश सरकारसँगको साझेदारीमा संचालन हुने विपदबाट क्षति भएका विद्यालयको सुधार कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।

स्थानीय तहले विद्यालय छनोट गर्दा मन्त्रालयको स्वीकृत ‘विद्यालय भौतिक पूर्वाधार निर्माण गुरुयोजना २०८२’ को अनुसूची १ अनुसार आवश्यक र औचित्यका आधारमा चार कोठे भवन निर्माण कार्य गर्नुपर्नेछ।

त्यस्तै, प्रदेशसँगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत पनि स्वीकृत कार्यविधि अनुसार आवश्यकताका आधारमा विद्यालय छनोट गरी सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।

केन्द्रले स्थानीय तह र प्रदेश सरकारबीच समन्वय बढाएर विद्यालयको भौतिक पूर्वाधार सुधार तथा निर्माणमा छिटो र प्रभावकारी कार्य सुनिश्चित गर्न आग्रह गरेको छ।

 

विद्यालय भौतिक पुर्वाधार निर्माण सम्बन्धी पत्रको अनुसूची

प्रकाशित: २४ मंसिर २०८२ १६:०८ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast