रवि–बालेन सहमतिपछि हर्क साम्पाङको छुच्चो प्रतिक्रिया : फटाहाहरू, विदेशीको इशारामा देश चलाउने रे

हिमाल प्रेस १३ पुष २०८२ ८:१७ | Sunday, December 28, 2025
24
SHARES
रवि–बालेन सहमतिपछि हर्क साम्पाङको छुच्चो प्रतिक्रिया : फटाहाहरू, विदेशीको इशारामा देश चलाउने रे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएकोप्रति धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!’ हर्कले समेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए।

यसअघि बालेनसँग राम्रो सहकार्य भएका उनी पछिल्लो समय रुष्ट छन्। सार्वजनिक कार्यक्रममा पनि रवि-बालेनको चर्को आलोचना गर्ने गरेका छन्।

प्रकाशित: १३ पुष २०८२ ८:१७ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast