तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डको उपाधि ग्रीनपिस र गोरखा युनाइटेडलाई

हिमाल प्रेस २१ मंसिर २०८२ १६:१८
10
SHARES
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डको उपाधि ग्रीनपिस र गोरखा युनाइटेडलाई

बाँके- तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा माध्यमिक तह (९-१२) तर्फ रनिङ शिल्डमा सबैभन्दा बढी आठ स्वर्ण पदक जित्दै ग्रीनपिस सेकेन्डरी स्कुलले उपाधि जितेको छ। मावितर्फ पाँच स्वर्ण पदकसहित गोरखा युनाइटेड पब्लिक स्कुल द्वतीय  र दुई स्वर्ण पदकसहित डायनामिक सेकेन्डरी स्कुलले तृतीय स्थान हासिल गरेको छ।

आधारधूत तह (१-८) तर्फ रनिङ शिल्डमा दुई स्वर्ण,  दुई रजत र दुई कांस्यसहित गोरखा युनाइटेड पब्लिक स्कुलले उपाधि जितेको छ। दुई स्वर्ण, दुई रजत र एक कांस्य पदकसहित निम्बल एकेडेमी द्वितीय  र दुई स्वर्ण, एक कांस्य र एक रजत पदकसहित जीवन ज्योति माध्यमिक विद्यालय तृतीय भएको छ।

माध्यमिक तह (९–१२) एथलेटिक्सतर्फ पनि ग्रीनपिस सेकेन्डरी स्कुल प्रथम, गोरखा युनाइटेड पब्लिक स्कुल द्वितीय र डायनामिक सेकेन्डरी स्कुल तृतीय भएका छन्। आधारधूत तह (१–८) एथलेटिक्सतर्फ भने निम्बल एकेडेमी प्रथम, एभरेष्ट सैनिक स्कुल द्वितीय र जीवन ज्योति स्कुल तृतीय भएका छन्।

प्रतियोगितामा माध्यमिक तहमा छात्रछात्रातर्फ गोरखा युनाइटेड पब्लिक स्कुलका छात्र समीर बस्नेत र छात्रा कल्पना बुढाले उत्कृष्ट खेलाडी घोषित भए। आधारभूत तहतर्फ निम्बल एकेडेमीका कृष्णबहादुर बुढा र एभरेष्ट सैनिक स्कूललाई छात्रा साधना थापा उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा अनुशासित विद्यालयका रुपमा एभरेष्ट सैनिक स्कुललाई सम्मान गरिएको थियो। विजेता विद्यार्थी र तथा विद्यालयलाई ट्रफीसहित मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए। प्रतियोगितामा समापनमा विजेता विद्यालयलाई समापन सत्रका प्रमुख अतिथि तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालसहितका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाएका थिए। यस्तै आधारभूत तह (१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी–३) तर्फ १२० जना गरी कुल ९६० जनाको सहभागिता थियो। प्रतियोगितामा कुल १ हजार ८ सय ३८ जनाले सहभागिता जनाएर प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २१ मंसिर २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast