सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

हिमाल प्रेस २० मंसिर २०८२ १९:२० | Saturday, December 6, 2025
14
SHARES
सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरे/फाइल तस्बिर

काठमाडौँ– सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन्।

वीरता जेसिज विर्तामोडको आयोजनामा शनिबार आयोजित ‘संकटपछि देशको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायतका कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शंकासमेत रहेको बताए।

सभामुख घिमिरेले मुलुकमा राजस्व संकलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिनसक्नुपर्ने धारणा राखे।

‘मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ। सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ,’ उनले भने।

प्रकाशित: २० मंसिर २०८२ १९:२० | Saturday, December 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast