सुनको मूल्य झनै बढ्यो, नाघ्यो २ लाख ६० हजार

हिमाल प्रेस ३ पुष २०८२ ११:३६
6
SHARES
सुनको मूल्य झनै बढ्यो, नाघ्यो २ लाख ६० हजार

काठमाडौँ-  नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

प्रकाशित: ३ पुष २०८२ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast