घट्यो सुनको मूल्य

हिमाल प्रेस ६ पुष २०८२ ११:३३ | Sunday, December 21, 2025
20
SHARES
घट्यो सुनको मूल्य

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा चार हजार पाँच रुपैयाँमा कारोबार भएको चाँदी अइतबार चार हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।

प्रकाशित: ६ पुष २०८२ ११:३३ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast