सुनचाँदी व्यवसायी गणेशप्रसाद लकान्द्री बने ‘हाम्रो पार्टी नेपाल’ का केन्द्रीय सदस्य

हिमाल प्रेस १९ मंसिर २०८२ ११:२९ | Friday, December 5, 2025
148
SHARES
सुनचाँदी व्यवसायी गणेशप्रसाद लकान्द्री बने ‘हाम्रो पार्टी नेपाल’ का केन्द्रीय सदस्य

काठमाडौँ- सुनचाँदी व्यवसाय क्षेत्रमा तीन दशकदेखि सक्रिय गणेशप्रसाद लकान्द्री ‘हाम्रो पार्टी नेपाल’ का केन्द्रीय सदस्य बनेका छन्।

सामाजिक अभियन्ता खगेन्द्र सुनार सभापति रहेको उक्त पार्टी बिहीबार काठमाडौँमा आयोजिक एक कार्यक्रममार्फत घोषणा गरिएको हो।

लकान्द्री नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष र नेपाल सुनचाँदी रत्न आभूषण महासंघका केन्द्रीय कोषाध्यक्षसमेत हुन्।

सुनचाँदी बजारको समसामयिक स्थिति, मूल्य निर्धारण, मौलिक गरगहना र क्षेत्रमा देखापर्ने चुनौतीबारे राम्रो ज्ञान भएका उनी सुनचाँदी व्यवसायीमध्ये एक परिचित व्यक्तित्व मानिन्छन्।

लकान्द्रीले सुनचाँदी क्षेत्रका मुद्दालाई संस्थागत रूपमा अघि सार्ने र व्यवसायीको हकहितको आवाज बलियोसँग उठाउने बताए।

प्रकाशित: १९ मंसिर २०८२ ११:२९ | Friday, December 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast