नेप्से परिसूचकमा सामान्य अंकको सुधार

हिमाल प्रेस २३ मंसिर २०८२ १५:३०
16
SHARES
नेप्से परिसूचकमा सामान्य अंकको सुधार सेयर बजार

काठमाडौँ– पछिल्लो ६ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अंकको सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अंकले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो।

आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँमा खुम्चिएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक शून्य दशमलव ३१, वित्त शून्य दशमलव ४०, होटल तथा पर्यटन शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ८४, लगानी शून्य दशमलव १६ र जीवन बीमा शून्य दशमलव ८२ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव ८८ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ३१ करोड ९२ लाख छ हजार ७१३ मूल्य बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: २३ मंसिर २०८२ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast