काठमाडौँ- नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्र गुल्मी र गुल्मीकै धुर्कोट गाउँपालिकाबीच आँखा जाँच शिविर गर्ने सम्झौता भएको छ।
हरेक महिनाको पहिलो शनिबार आँखा उपचार केन्द्र गुल्मीद्वारा धुर्कोट आधारभूत अस्पताल धुर्कोट-६ काफलपानीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिने भएको हो।
त्यसैगरी, हरेक महिनाको ११ गते आँखा उपचार केन्द्र तम्घासमा गरिने मोतिया बिन्दुको अपरेसनमा प्रतिव्यक्ति ७ हजार रुपैयाँका दरले लाग्ने अपरेसन चार्जबापतको आफ्ना नागरिकको एकमुस्ट रकम धुर्कोट गाउँपालिकाले आँखा उपचार केन्द्रलाई बुझाउने सम्झौता भएको छ।
प्रकाशित: १६ मंसिर २०८२ १२:३२
प्रतिक्रिया



