पूर्वराष्ट्रपति भण्डारीले अवलोकन गरिन् आगजनी भएको सिंहदरबारभित्रको संरचना

हिमाल प्रेस २१ मंसिर २०८२ १५:५८
24
SHARES
पूर्वराष्ट्रपति भण्डारीले अवलोकन गरिन् आगजनी भएको सिंहदरबारभित्रको संरचना

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारभित्रको संरचना अवलोकन गरेकी छन्। आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संरचनाको अवलोकन गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले पुग्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत गरेका थिए। त्यसपछि उनले सिंहदरबारको मुख्य भवन पुरानो प्रधानमन्त्री कार्यालय, ग्यालरी बैठक लगायतको अवलोकन गरेकी थिइन्। सञ्चारमन्त्री खरेलले क्षति र पुनर्निर्माणको तयारीका बारेमा जानकारी गराएका थिए।

सिंहदरबारको अवलोकन गरेपछि पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनामा सिंहदरबारको महत्त्वपूर्ण संरचना जलेको देख्दा दु:ख लागेको भन्दै छिटै पुनर्निर्माण हुने विश्वास व्यक्त गरिन्। जेनजी आन्दोलनका क्रममा दु:खद् घटना घटेको भन्दै भविष्यमा यस्ता घटना दोहेरिन दिन नहुने उनले बताइन्।

जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रूपमा क्षति भएको थियो भने अन्य मन्त्रालयहरुमा समेत आगजनी भएको थियो।

प्रकाशित: २१ मंसिर २०८२ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast