हुम्लाको रिप गाउँमा आगलागीबाट पाँच घरमा क्षति, दुईजना घाइते

हिमाल प्रेस ११ पुष २०८२ ९:११
8
SHARES
हुम्लाको रिप गाउँमा आगलागीबाट पाँच घरमा क्षति, दुईजना घाइते

हुम्ला- सर्केगाड गाउँपालिका-२ रिप गाउँमा आगलागीबाट दुईजना घाइते भएका छन्। आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए।

गएराति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो। आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ।

आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ। क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए। स्थानीयको पहलमा आगो निभाइएको उनको भनाइ छ।

अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए। उनले भने,‘अहिले आगो निभाइसकिएको छ।’ घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए।

प्रकाशित: ११ पुष २०८२ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast