सर्लाहीको मधुवनीमा आगलागी, घरगोठ पूर्णरूपमा जलेर नष्ट

हिमाल प्रेस २८ मंसिर २०८२ १३:२८ | Sunday, December 14, 2025
24
SHARES
सर्लाहीको मधुवनीमा आगलागी, घरगोठ पूर्णरूपमा जलेर नष्ट प्रतिनिधिमूलक तस्बिर।

सर्लाही- गोडैता नगरपालिका-१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशंकर यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा राति करिब ९:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीमा एक बाख्राको जलेर मृत्यु भएको छ भने एक गाई र बाख्राका दुई पाठापाठी आंशिकरूपमा जली घाइते भएका छन्।

साथै घरगोठमा राखिएको पाँच क्विन्टल धान, उक बोरा चामल तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८२ १३:२८ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast