काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयका राहत कोटामा कार्यरत शिक्षकको पेसागत विषयमा मन्त्रालयले कुनै नयाँ काम नगरेको बताएका छन्।
‘प्राथमिक तहको राहतलाई पहिलो झट्कामा नै दरबन्दी मिलानको नाममा माध्यमिक तहमा रूपान्तरण गरेर फाल्दैछ र निम्न माध्यमिक र माध्यमिक तहकालाई दरबन्दीमा लगेर परीक्षाको आशा देखाएर फाल्ने अन्तिम रणनीतिमा सरकार लागिसकेको छ, प्रक्रिया टिप्पणी उठाएर शिक्षा मन्त्रालयले अर्थमा पठाइसकेको छ। सम्भवत: अन्तिम चरणमा पुगिसकेको छ’ भन्ने राहत शिक्षकको भनाइपछि हिमालप्रेसले सोमबार शिक्षामन्त्री पुनलाई सोध्दा पुनले भने,‘राहत शिक्षकका विषयमा अहिले कुनै काम भएको छैन। सामाजिक सञ्जालमा आएका विषयहरूमा कुनै सत्यता छैन। सरकारको ध्यान निर्वाचनमा छ।’
सामाजिक सञ्जालमा राहत शिक्षकको पेसागत हकहितका लागि भन्दै विभिन्न व्यक्ति तथा समूहले रकम उठाइरहेका छन्। ४२ हजार राहत शिक्षकहरूले लामो समयदेखि पेसागत स्थायित्वको माग राख्दै आएका छन्।





