७६ जिल्लामा शिक्षक बढुवाका लागि आयोगको विज्ञापन, मूल्यांकनको आधार कति प्रतिशत?

हिमाल प्रेस १६ मंसिर २०८२ १२:१३
48
SHARES
७६ जिल्लामा शिक्षक बढुवाका लागि आयोगको विज्ञापन, मूल्यांकनको आधार कति प्रतिशत?

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनको आधारमा गरिने बढुवाका लागि देशभरका ७६ जिल्लाका शिक्षक पदहरू खुला गरिएको सूचना सार्वजनिक गरेको छ।

आयोगले साेमबार सार्वजनिक गरेको विज्ञापन अनुसार नेपालभरका सामुदायिक विद्यालयहरूमा सरकारबाट स्वीकृत दरबन्दीअनुसार प्रावि, निमावि र माध्यमिक तहका विभिन्न विषयका शिक्षक पदहरू कार्यक्षमता मूल्यांकनमार्फत पूर्ति गरिने भएको हो।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम योग्य सम्भावित उम्मेदवारले आयोगले तोकेको फाराम भरी आफ्नो सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमार्फत दरखास्त पेस गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगका अनुसार मूल्यांकनका आधारमा हुने यस प्रकारको बढुवाले विद्यालयको शैक्षिक गुणस्तर र शिक्षकको पेसागत विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: १६ मंसिर २०८२ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast